१ रुपैयाँमा खाने बस्ने सुविधा

भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका ५ जना पर्यटकलाई १ रुपैयाँमा खाने बस्ने सुविधा दिइएको छ । पहिलोपटक होटल बुक गर्न आएका ५ पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी १र१ रुपैयाँमा खाने बस्ने व्यवस्था गरिएको हो ।
इलाम बजारमा रहेका चियाबारी कटेज, हाम्रो पोखरेली होटल, ग्रिन भ्यु होटल, समिट होटल र ग्रिन सिटी गेस्ट हाउसले पर्यटकलाई उक्त सुविधा दिएको हो । पर्यटकलाई थप आकर्षित गर्न होटल एसोसिएसन इलाम, पर्यटन प्रवर्द्धन सरोकार समिति, इलाम नगरपालिकाले नगर पर्यटन समितिको पहलमा इलामका होटलमा उक्त सुविधा दिइएको होटल एसोसिएसनका अध्यक्ष देवी पौडेलले बताए ।
इलाम आइपुगेका जापानी पर्यटक युकिड मितामुरा र चार नेपाली पर्यटकलाई स्वागत गरी इलामको पर्यटन सद्भावना दूतका रूपमा प्रमाणपत्रसमेत प्रदान गरिएको छ । लक्की पर्यटक घोषणा भएपछि जापानी पर्यटक मितामुराले इलामले दर्शाएको आतिथ्य आफ्नो देशमा बाँड्ने बताए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस