अमेरिकी नागरिकलाई इराक छोड्न चेतावनी
बगदाद – इराकस्थित अमेरिकी राजदूतावासले इराकमा रहेका अमेरिकी नागरिकलाई तत्कालै छाड्न चेतावनी दिएको छ ।अमेरिकी हवाइ आक्रमणबाट इरानी सेनाका कमाण्डर मारिएपछि अमेरिकी दूतावासले यस्तो सूचना जारी गरेको हो । ‘अमेरिकी नागरिकहरु विमानस्थलबाट सम्भव भएसम्म बाहिरिनुपर्छ । साथै जमिनबाट समेत अन्य देशमा जानुपर्छ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।
बगदाद विमानस्थलमा अमेरिकी रकेट हमलाको क्रममा शुक्रबार इरानी सेनाको विशेष फौजका कमाण्डरको मृत्यु भएको छ । यससँगै इरानी अधिकारीहरुले अमेरिकालाई यसको मुल्य चकाउनुपर्ने भन्दै अमेरिकालाई चेतावनी दिएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस