डरलाग्दो बस दुर्घटना, कम्तीमा १६ जनाको मृत्यु
पेरुमा भएको बस दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । सोमबार भएको सो दुर्घटनामा परी अरु ४० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
पेरुको अरक्वीपा क्षेत्रमा पर्ने काराभेली सहरमा दुर्घटना भएको क्षेत्रीय स्वास्थ्य व्यवस्थापन कार्यालयका प्रमुख डेम्बर मोनोज लोजाडाले जानकारी दिए ।
स्थानीय समयानुसार राती १२ः४१ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । लिमादेखि अरक्वीपातर्फ जादै गरेको बेला बस दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य सवारी साधन पनि परेका थिए ।
प्रमुख लोजाडाका अनुसार दुई जना गम्भीर घाइते भएका र उनीहरुको स्थानीय नाजका अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई उच्च सतर्कताका साथ उपचार गराइएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस