इरान अमेरिकासँग पछि हट्दैन: राष्ट्रपति रौहानी

इरानका राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकी आक्रमणको जवाफ बुधबार दिएको दावी गर्दै इरान अमेरिकासँग पछि नहट्ने बताउनुभएको छ ।
राष्ट्रपति रौहानीले बुधबार टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भन्नुभयो, “यदि अमेरिकाले कुनै अपराध गर्छ भने यसको निर्णायक जवाफ प्राप्त गर्नेछ ।”
“उनीहरूले बुद्धि पु¥्याउँछन् भने अब यस बिषय (कारबाही) लाई थप अघि बढाउने छैनन्,” उहाँले थप्नुभयो ।
आफ्ना कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन अमेरिकी सेना तैनाद इराकी सैनिक शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि इरानी राष्ट्रपतिको उक्त भनाइ आएको हो ।
रूहानीले भन्नुभयो, “यदि इरानको सेनाले अमेरिकाले गरेको कारबाहीको कुनै रूपमा प्रतिरोध गर्दा पनि पुग्दैन । मेरो विचारमा अमेरिकाले मध्यपूर्वका मुलुकहरूबाट खास प्रतिवादको सामना गर्नुपर्छ ।”
अमेरिकी आक्रमणमा इरानी विशेष बलका प्रमुख कमाण्डर कासिम सुलेमानी मृत्युपछि इरानी राष्ट्रपतिद्वारा पटक पटक मध्यपूर्वबाट अमेरिकाले फर्किनुपर्ने धारणा राख्दै आउनुभएको छ ।
रौहानीले भन्नुभयो, “अमेरिकीले हाम्रा प्रिय जनरल सुलेमानीको हात काटिदिए । यसको बदलामा अमेरिकाले यस क्षेत्र छोड्नु पर्नेछ । अमेरिका मध्यपूर्वबाट फर्किनु भनेको उसको हितका लागि उसको आक्रोसको अन्त्य हो ।”
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस