इरान अमेरिकासँग पछि हट्दैन: राष्ट्रपति रौहानी
इरानका राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकी आक्रमणको जवाफ बुधबार दिएको दावी गर्दै इरान अमेरिकासँग पछि नहट्ने बताउनुभएको छ ।
राष्ट्रपति रौहानीले बुधबार टेलिभिजनमार्फत गरेको एक सम्बोधनमा भन्नुभयो, “यदि अमेरिकाले कुनै अपराध गर्छ भने यसको निर्णायक जवाफ प्राप्त गर्नेछ ।”
“उनीहरूले बुद्धि पु¥्याउँछन् भने अब यस बिषय (कारबाही) लाई थप अघि बढाउने छैनन्,” उहाँले थप्नुभयो ।
आफ्ना कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन अमेरिकी सेना तैनाद इराकी सैनिक शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि इरानी राष्ट्रपतिको उक्त भनाइ आएको हो ।
रूहानीले भन्नुभयो, “यदि इरानको सेनाले अमेरिकाले गरेको कारबाहीको कुनै रूपमा प्रतिरोध गर्दा पनि पुग्दैन । मेरो विचारमा अमेरिकाले मध्यपूर्वका मुलुकहरूबाट खास प्रतिवादको सामना गर्नुपर्छ ।”
अमेरिकी आक्रमणमा इरानी विशेष बलका प्रमुख कमाण्डर कासिम सुलेमानी मृत्युपछि इरानी राष्ट्रपतिद्वारा पटक पटक मध्यपूर्वबाट अमेरिकाले फर्किनुपर्ने धारणा राख्दै आउनुभएको छ ।
रौहानीले भन्नुभयो, “अमेरिकीले हाम्रा प्रिय जनरल सुलेमानीको हात काटिदिए । यसको बदलामा अमेरिकाले यस क्षेत्र छोड्नु पर्नेछ । अमेरिका मध्यपूर्वबाट फर्किनु भनेको उसको हितका लागि उसको आक्रोसको अन्त्य हो ।”
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस