ओमनका सुल्तान काबुसको निधन
ओमनका सुल्तान काबुसको निधन भएको छ ।केही समयदेखि अस्वस्थ रहेका सुल्तानको उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि गत महिना उपचाका लािग बेल्जियम लगिएको थियो ।७९ वर्षिय सुल्तानको सन् २०१५ मा जर्मनीमा उपचार गरिएपछि क्यान्सर रोगबाट पीडित भएको समाचार सार्वजनिक भएको थियो ।
सन् १९७० मा बेलायतको सहयोगमा सुल्तानले आफ्ना बाबुलाई सत्ताच्यूत गराएका थिए ।तेल बिक्री गरेर उनले ओमनलाई आर्थिक रुपमा सम्पनन गराएको बताइएको छ ।अविवाहित भएकाले सुल्तान काबुसले आफ्ना उत्तराधिकारी नियुक्ति नगरेको समाचारमा जनाइएको छ ।सुल्तानको आधारभूत विधान अनुसार सिंहासन खाली भएको तीन दिनभित्र शाही परिवारका पुरुष सदस्यहरुबट नयाँ नेतृत्व चयन गर्नुपर्छ ।
पाँच दशक भन्दा लामो समय शासन गरेका सुल्तान काबुसले सुधारवादी नेताको छवी बनाएको समाचारमा जनाइएको छ ।
ओमनमा कुल जनसंख्याको ४३ प्रतिशत विदेशी रहेको बताइएको छ । (एजेन्सी)
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस