मेक्सिकोमा थप २९ शव भेटियो
मेक्सिकोमा सामुहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा शव निकालिएको छ । देशको पश्चिमी सहर गुआडालाजरामा ती शवहरु भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
संगठित अपराध गर्नेहरुबाट क्रुर हत्याको घटना भएको जनाइएको छ । त्यस ठाउँबाट गत नोभेम्बरदेखि अहिलेसम्म कुल ८० ओटा शव निकालिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अनुसन्धानकर्ताहरुका अनुसार मृत्यु भएका मध्ये चार जनाको शव मात्रा आंशिक रुपमा चिन्न सकिने अवस्थामा रहेको छ ।
अहिले शव निकालिएको ठाउँदेखि २ सय ६० फिट टाढा पर्ने अर्को ठाउँमा पनि सामुहिक चिहान भेटिएको थियो । त्यस ठाउँबाट गत डिसेम्बरमा कम्तीमा ५० भन्दा बढी शवहरु निकालिएको थियो ।
मेक्सिकोका विभिन्न ठाउँमा सामुहिक चिहान भेटिएका छन् भने ती ठाउँबाट सयौँको शवहरु निकालिएको छ । अरु पनि शवहरु खोज्ने र निकाल्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् । Photo:Archivo Cuartoscuro
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस