बन्दुक प्रयोग गरि टिकटक भिडियो बनाउने क्रममा गोली लागेर एक युवकको ज्यान गयो

टिकटक भिडियो बनाउनका लागि प्रयोग गरिएको बन्दुकको गोली लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा भारतको उत्तरप्रदेशस्थित बरेलीका १८ वर्षीय केशज कुमार रहेको भारतीय सचारमाध्यमले बताएको छ ।यो घटना सोमबारको हो। उनी १२ कक्षामा अध्ययनरत थिए । कलेजबाट फर्किएका उनले बेलुका ५ बजे टिकटक बनाउन लागेको बताईएको छ
टिकटक भिडियोका लागि उनले आफ्नो बुबाको बन्दुक आमासँग मागेका थिए । केशव कुमारका पिता हाफिजगंज भारतका सिपाही हुन् ।
केशव कुमारका आमाका अनुसार, उनले बन्दुक नदिने बताएपछि युवकले जिद्धि गर्दै बन्दुक लिएका हुन् । युवकले भिडियो बनाउने क्रममा भूलवश आफ्नो कन्चेटमा गोली प्रहार गरेको प्रहरीले जनाएका छन् ।
उनको बेडरुममा पुग्दा उनी रगतले आहाल भएका थिए । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो । तर, त्यहाँ उनको निधन भएको घोषणा गरियो ।
पछिल्लो समय निकै चलेको भिडियो सामाजिक सन्जाल हो, टिकटक । तर, यसका कारण विश्वका विभिन्न ठाउँमा अनेक दुर्घटना पनि निम्तिएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस