बन्दुक प्रयोग गरि टिकटक भिडियो बनाउने क्रममा गोली लागेर एक युवकको ज्यान गयो
टिकटक भिडियो बनाउनका लागि प्रयोग गरिएको बन्दुकको गोली लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा भारतको उत्तरप्रदेशस्थित बरेलीका १८ वर्षीय केशज कुमार रहेको भारतीय सचारमाध्यमले बताएको छ ।यो घटना सोमबारको हो। उनी १२ कक्षामा अध्ययनरत थिए । कलेजबाट फर्किएका उनले बेलुका ५ बजे टिकटक बनाउन लागेको बताईएको छ
टिकटक भिडियोका लागि उनले आफ्नो बुबाको बन्दुक आमासँग मागेका थिए । केशव कुमारका पिता हाफिजगंज भारतका सिपाही हुन् ।
केशव कुमारका आमाका अनुसार, उनले बन्दुक नदिने बताएपछि युवकले जिद्धि गर्दै बन्दुक लिएका हुन् । युवकले भिडियो बनाउने क्रममा भूलवश आफ्नो कन्चेटमा गोली प्रहार गरेको प्रहरीले जनाएका छन् ।
उनको बेडरुममा पुग्दा उनी रगतले आहाल भएका थिए । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो । तर, त्यहाँ उनको निधन भएको घोषणा गरियो ।
पछिल्लो समय निकै चलेको भिडियो सामाजिक सन्जाल हो, टिकटक । तर, यसका कारण विश्वका विभिन्न ठाउँमा अनेक दुर्घटना पनि निम्तिएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस