निर्भया बलात्कार काण्डका चारजनालाई मृत्युदण्डअघि परिवारसँग अन्तिम पटक भेट्न दिईने
भारतको तिहाड कारागारका अधिकारीहरुले सामूहिक बलात्कार गरेका चारजनालाई मृत्युदण्डअघि परिवारसँग अन्तिम पटक भेट्न दिने भएको छ । अधिकारीहरुले निर्भया सामूहिक बलात्कार घटनाका चारजना दोषीहरुलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरेका हुन् ।
टाइम्स अफ इण्डियाले कारागार श्रोतलाई जनाउँदै आफ्नो रिपोर्टमा लेखेको छ, ‘२० जनवरी अर्थात फासी हुने दुईदिन अघिसम्म दोषीहरुलाई परिवारका सदस्यसँग भेटघाटका लागि अनुमति दिइने छ ।’
कारागारका अधिकारीले भनेका छन् ‘फासीको मितित तय भएपछि अब उनीहरुलाई पालैपालो परिपवारका सदस्यसँग भेट्न अनुमति दिइने छ ।’
घटनाका चार दोषीहरु मुकेश कुमार, अक्षय सिंह, विनय शर्मा र पवन गुप्तालाई फासीभन्दा पहिले परिवारसँग भेट्न समय दिइने भएको हो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस