हुवावे ब्याण्ड थ्रीई: यस्ता छन् विशेषता
विश्व बजारमा टेलिकम क्षेत्रको महत्वपूर्ण खेलाडीको रुपमा स्थापित चिनियाँ कम्पनी हुवावेले इन्टेलिजेन्ट सेन्सरसहितको ब्याण्ड थ्रीई बजारमा ल्याएको छ । एआई अल्गोरिदम भएको यो ब्याण्डमा हुवावे ट्रयुसिन थ्रीजिरो टेक्नोलोजी प्रयोग गरिएको कम्पनीले जनाएको छ । जसमा एक ईन्चभन्दा सानो साइजको एमोलिड डिस्प्ले प्रयोग गरिएको छ । नाडीमा बाँधेर प्रयोग गरिने ब्याण्डहरुको प्रचलन बढिरहेको बेला हुवावेले फुटवेयरमा अड्याएर पनि प्रयोग गर्न सकिने खालको उत्पादन बजारमा ल्याएको हो ।
फिटनेस ट्रयाकिङ गर्ने विभिन्न फिचरहरु यो ब्याण्डमा समावेश गरिएको छ । स्लिप साईकल क्याल्कुलेटर, प्रोफेसनल रनिङ कोच, वाटर रेसिस्टेन्स, मोसन साईकल, फुट स्ट्राइक मोनिटरिङ सिस्टमसहितको ब्याण्ड थ्रीई चाईना स्पोर्ट्स साइन्स रिसर्च सेन्टरसँगको सहकार्यमा उत्पादन गरिएको हुवावेले जनाएको छ ।
इनोभेटिभ फुटवेयर मोड
यो डिभाइसलाई नाडीमा लगाउने मात्रै नभई फुटवेयरमा अड्याउन मिल्छ । डिभाइसको सहायताले स्वास्थलाई राम्रो बनाउनका लागि ७ किसिमको डाटा मोनिटरिङ गर्न सकिन्छ । फुटवेयर मोडमा प्रयोग गर्दा यौटा बटनको सहायताले दौडको सही तथ्याङ्क लिन सकिने कम्पनीको भनाई छ ।
ब्याण्ड थ्रीईमा प्रयोग भएको फुट स्ट्राइक प्लेसमेन्ट मोनिटरिङ सिस्टमले जमिनमा पैतालाको छुवाइलाई मोनिटर गर्छ । यसले सिक्स एक्सिस जाइरोस्कोपमा आधारित सेन्सरको सहायताले ट्रेडमिल रनिङको ९७ प्रतिशत सही डाटा दिने कम्पनीले जनाएको छ ।
वाटर रेसिस्टेन्स, ब्याट्री लाईफ
स्विमिङ र अन्य दैनिक कामलाई सजिलो बनाउनका लागि ब्याण्ड थ्रीईमा ५० मिटरसम्म पानीको गहिराईमा काम गर्नसक्ने क्षमताको वाटर रेसिस्टेन्स टेक्नोलोजी प्रयोग भएको छ ।
यो ब्याण्डमा १४ दिनसम्म टिक्ने ब्याट्रीको प्रयोग गरिएको छ । ब्याट्री १७ दिनसम्म स्ट्यान्डबाई मोडमा रहन्छ भने एकपटकको फुल चार्जबाट ४० घन्टासम्म रनिङ मोडमा काम गर्छ ।
६ ग्राम तौल, चार रङमा पाइने
ह्यान्ड ब्याण्डको कुल तौल ११ ग्राम भएपनि ब्याण्ड बडी अर्थात् डिभाइसको तौल ६ ग्राममात्रै रहेको कम्पनीले जनाएको छ । हुवावे ब्याण्ड थ्रीई पिंक, ओरेन्ज, ग्रे र स्यान गरी चारवटा रङमा उपलब्ध छ । यो डिभाइस एन्ड्रोइड ४.४ वा आइओएस ९.० र सोभन्दा पछिल्लो भर्सनको अपरेटिङ सिस्टममा प्रयोग गर्न सकिन्छ ।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस