बेलायती राजकुमार ह्यारीको मेगनसाथ क्यानडामा नयाँ जीवनको सुरूवात
बेलायती राजकुमार ह्यारी मङ्गलबार क्यानडा पुग्नुभएको छ । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गर्नुभएको थियो । ‘द ड्युक अफ ससेक्स’ ह्यारीले क्यानडामा रहेकी उहाँकी श्रीमती द डचेज अफ ससेक्स मेगनसँग नयाँ जीवन विताउनुहुने बताइएको छ । मेगन छोरा आर्चीसँगै यस पहिल्यैदेखि क्यानडामा रहँदै आउनुभएको थियो । उहाँहरूले क्यानडा र बेलायतमा गरी समय बिताउने बताएका छन् । त्यसकै तयारीका लागि ह्यारी क्यानडा गएको बताइएको छ । आइतबार लण्डनमा भएको एक कार्यक्रम गरेको सम्बोधनको क्रममा राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताउनुभएको थियो । राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले ‘आस्था वा निष्ठाको निर्णय’ लिएको उहाँको भनाई थियो । आफू र श्रीमती मेगन जिम्मेवारीहरुबाट नभागेको बताउँदै ह्यारीले भन्नुभयो, “बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो, यो कहिले पनि परिवर्तन हुने छैन ।” द ड्युक एण्ड डचेज अफ ससेक्सले उहाँहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने इच्छा देखाउनुभएको छ जनाइएको छ । तर फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती परिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ । –––
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस