बेलायती संसदमा मुस्लिम महिला, इतिहासमै सबैभन्दा बढि
बेलायती संसदमा यसपटक उल्लेख्य संख्यामा मुस्लिम महिलाहरु पुगेका छन् । संसदमा समग्र मुस्लिम सांसदहरुको संख्यामा पुरुष भन्दा महिला बढि छन् ।
समग्र महिलकाे सांसदकाे नयाँ रेकर्ड
डिसेम्बर १२ को आम चुनाव पछि समग्रमा महिला सांसदहरुको संख्या २ सय २० पुगेको छ । यसपटक २०१७ को चुनाव पछि संसदमा पुगेका २०८ महिला सांसदको रेकर्डलाई तोडेर नयाँ रेकर्ड कायम भएको छ ।
२०१७ को आम चुनाव पछि कुल १६ मुस्लिमहरु संसदमा पुगेका थिए । ती मध्ये आठ जना महिला थिए । यसपटक बेलायतको संसदमा मुस्लिमहरुको संख्या २१ को पुगेको छ । जुन नयाँ रेकर्ड हो । ती २१ मुस्लिम सांसदमध्ये ११ जना महिला छन् । मुस्लिम महिला सांसदमध्ये ६ जना पाकिस्तानी, काश्मिरी मूलका छन्, ४ जना बंगलादेशी मुलका छन् भए १ जना कुर्दिस ।
लेबरले दियाे ५० प्रतिशत टिकट महिलाई
डिसेम्बर १२ को आम निर्वाचन लेबर पार्टीले आफ्ना उम्मेदवारहरु मध्ये ५० प्रतिशत महिलालाई टिक दिएको थियो । अहिले चुनाव पछि लेबर पार्टीमा पुरुषहरु संसद भन्दा बढी महिला सांसदहरु छन् ।
संसद रहेका २०३ निर्वाचित लेबर सदस्यमध्ये १०३ जना महिला छन् । जुन कुल लेवर सांसदहरुको ५० प्रतिशत भन्दा बढि हो ।
यसपटकको चुनावमा २० जना त पाकिस्तानी मुलका महिला मात्रले प्रतिस्पर्धा गरेका थिए । जस मध्ये पाकिस्तान स्थित कश्मिरी मुलका ६ महिला सफल भए । ती ६ मध्ये ५ जना लेवर पार्टीबाट निर्वाचित भएका हुन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस