• जीवनशैली | Jiwanshaili
  • भ्रमण वर्ष २०२०, जनवरी र फेब्रुअरीमा हुने विशेष कार्यक्रम


    नयाँ वर्ष २०२० को पहिलो दिनसँगै नेपाल भ्रमण वर्षको उद्‍घाटन भएको थियो। भ्रमण वर्षभरि सरकारी तहबाट गरिने विशेष कार्यक्रमको सूची यस प्रकारको रहेको छ । जनवरी र फेब्रुअरी महिनामा हुने विशेष कार्यक्रम यस्ता छन् ।

    सेकेन्ड अन्युअल आइस क्लाइम्बिङ फेस्टिभल, १-१० फेब्रुअरी
    अन्‍नपूर्ण हिमालको काखमा ३ हजार २ सय मिटरको उचाईमा आइस क्लाइम्बिङ फेस्टिभलको आयोजना हुनेछ । मण वर्ष २०२० सचिवालयको सहयोगमा मनाङ जिल्लाको हुम्दे भन्‍ने स्थानमा हुने सो कार्यक्रमको आयोजक नेपाल क्लाइम्बिङ टिम र नेपाल पर्वातारोहण संघ रहेका छन् ।

    द माउन्ट एभरेस्ट फेसन रनवे, २६ जनवरी
    भ्रमण वर्षको अवसर पारे विश्वका २६ मुलुकमा पुग्‍न सफल नेपाली कासा ब्रान्ड र आरबी डायमन्डको आयोजनामा माउन्ट एभरेस्ट फेसन रनवे नामक कार्यक्रमको आयोजना हुँदैछ । यो कार्यक्रम ५ हजार ६ सय ४४ मिटर उचाईमा कालापत्थरमा हुने आयोजकले जनाएको छ । गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने तथा विश्‍वको सबैभन्दा अग्लो स्थानमा फेसन रनवे आयोजना गरी जलवायु परिवर्तनको विरुद्ध ऐक्यबद्धता जनाउन यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा मिलानबाट आउने १५ जना सुपर मोडल तथा ५ जना नेपाली मोडलको ४५ मिनेट लामो संयुक्त प्रस्तुति रहनेछ ।

    गोक्यो तालमा आइस हक्‍की र फिगर स्केटिङ, १४ फेब्रुअरी
    सबैभन्दा उच्च स्थानमा आइस हक्‍की खेलको आयोजना हुने भएको छ । गोक्यो हिमतालमा हुने मैत्रीपूर्ण खेलमा अमेरिका, क्यानडा, भारत, स्विजरल्यान्ड लगायतका मुलुकबाट खेलाडीहरु सहभागी हुने आयोजकको भनाई छ ।

    गिनिज बुकमा रेकर्ड कायम गर्नुका साथै नेपाललाई आइस हक्‍की र फिगर स्केटिङको गन्त्वय बनाउन उदेश्य सो कार्यक्रमले राखेको छ ।

    हिमालयन आउटडोर फेस्टिभल, १४-१६ फेब्रुअरी
    हिमालयन आउटडोर फेस्टिभल एडभेन्चर स्पोर्टस्, हिमालयन लाइफस्टाइल र म्युजिकसहितको ३ दिने कार्यक्रम हो । यो फेस्टिभल हात्तीवन हिल फर्पिङमा आयोजना हुनेछ ।
    सन् २०१२ देखि सुरु भएको आउटडोर फेस्टिभल एडभेन्चर लभर र एथलेट्सका लागि विशेष कार्यक्रम भएको आयोजकले जनाएको छ । लाइभ म्युजिक, एडभेन्चर फिल्म र माउन्टेन लाइफस्टाइल सम्बन्धी गतिविधि फेस्टिभलमा समेटिने छन् ।

    नेपाल इन्डिया चाईना एक्स्पो, फेब्रुअरी २२ देखि २५
    नेपाल पर्यटन वर्ष २०२० अन्तर्गतको एक विशेष कार्यक्रमको रुपमा त्रिदेशीय प्रदर्शनीको आयोजना गरिएको छ ।प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर उक्त प्रदर्शनीको आयोजक रहेको छ । काठमाडौंमा हुने एक्स्पो ऐतिहासिक हुने उक्त त्रिदेशीय एक्स्पो इतिहासमै पहिलो भएको आयोजकले जनाएको छ ।

    वर्षभरिका कार्यक्रम
    मुस्ताङ ट्रेल रेस, अप्रिल
    एभरेष्ट म्याराथन, मे
    ओताकु जात्रा, मे
    हिमालयन ट्राभल मार्ट, जुन
    सस्टेनेबल समिट्स कन्फेरेन्स, सेप्टेम्बर
    वर्ल्ड ट्रेल्स कन्फेरेन्स, सेप्टेम्बर
    फोटो काठमान्डु, अक्टोबर
    कर्णाली क्वेष्ट, नोभेम्बर
    काठमान्डु ट्रिनाले, डिसेम्बर


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस