अमेरिकी दूतावासनजिकै फेरि आठवटा मिसाइल हमला
इराकमा रहेको अमेरिकी दूतावासनजिकै फेरि मिसाइल हमला भएको छ । समाचार एजेन्सी एएफपीले सुरक्षा स्रोतको उदृत गर्दै इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावास नजिकै आइतबार थुप्रै रकेटहरु प्रहार गरिएको जनाएको छ । अमेरिकी चेतावनीपछि पनि लागातार आक्रमण भएपछि मध्यपूर्वमा थप तनाव बढ्ने संकेत देखिएको छ ।
यद्यपि, यो आक्रमणको कुनै पनि देश वा संगठनले जिम्मेवारी भने लिइसकेको छैन । टाइग्रिस नदीको पश्चिमी किनारमा विस्फोटका आवाजहरु सुनिएको र त्यहाँ धेरै देशका दूतावासहरू रहेको त्यहाँ पुगेका एजेन्सीका एक प्रतिनिधिले जानकारी दिएका छन् ।
सञ्चारमाध्यामहरुकाअनुसार तीन उच्च क्षमताका रकेट ९मिसाइल० त्यहाँ अवस्थित उच्च सुरक्षा जोनमा खसेका छन् भने अन्य पाँचवटा रकेट अर्को ठाउँमा खसेका छन् । यी आक्रमणहरूमा हताहतीबारे समाचार बाहिर आइसकेको छैन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस