अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान अमेरिकी सेनाको भएको दावी: दुई पाइलटको मृत्यु
अफगानिस्तानको गजनी प्रान्तमा सोमबार दुर्घटना भएको विमान अमेरिकी सेनाको भएको दावी गरिएको छ । दक्षिणी अफगानिस्तानको गजनी प्रान्तमा भएको दुर्घटनामा दुई पाइलटको मृत्यु भएको अफगानिस्तानका एक अधिकारीले बताएको स्थानीय संचारमाध्यम सीबीएसले बताएको छ। विमानमा कति जना मानिस थिए भन्ने कुरा स्पष्ट नगरे पनि दुर्घटनामा दुई पाइलटहरूको ज्यान गएको बताईएको छ ।
प्रान्तीय सरकारका प्रवक्ता आरिफ नूरीले सीबीएस न्यूजलाई बताए अनुसार उक्त जहाज दक्षिणी शहर कंधार र राजधानी काबुलको बीचमा २०० भन्दा टाढा उत्तरमा उडिरहेको बताइएको छ । दुर्घटनास्थल गजनी प्रान्त ती दुई स्थान बीच रहेको छ।
नूरीले भने कि दुर्घटनाग्रस्त ठाउँमा दुई पाइलटको शव भेटिएको थियो र विमान पूर्ण रूपमा नष्ट भएको थियो।
वायुसेना ई ९१० अफगानिस्तानमा दुर्घटना भएको थियो। सरकारी अधिकारीले भने कि दुर्घटनाको कारण अझै अनुसन्धान भइरहेको बताएको छ ।
क्याटेगोरी : प्रवास
प्रतिक्रिया दिनुहोस