• जीवनशैली | Jiwanshaili
  • सामसुङले ग्यालेक्सी ए ५१ भारतमा सार्वजनिक


    साउथ कोरियन कम्पनी सामसुङले ग्यालेक्सी ए ५१ (Galaxy A51 ) स्मार्टफोनलाई भारतमा सार्वजनिक गरेको छ । बुधबार मात्रै भारतमा कम्पनीले सार्वजनिक गरेको यस स्मार्टफोन नेपाली बजारमा पनि चाँडै उपलब्ध हुनेछ । भारतमा कम्पनीले यस स्मार्टफोनको आधिकारिक मूल्य २३,९९९ भारतीय रुपैयाँ राखेको छ । 

    यस मूल्य ६ जीवी –याम र १२८ जीवी इन्टरनल स्टोरेज भेरियन्टका लागि मात्रै हो । कम्पनीले यस स्मार्टफोनलाई ब्लू, ह्वाइट, ब्ल्याक र प्रिज्म क्रश कलरमा अप्शनमा पेश गरेको छ । 

    यसले भारतीय र नेपाली बजारमा रियलमी एक्स २ र रेड्मी के २० प्रो लगाएतको स्मार्टफोनसँग प्रतिस्पर्धा गर्नेछ । 

    सामसुङको यस नयाँ स्मार्टफोनमा ६.५ इञ्चको ओमोलेड फुल एचडी प्लस (1080×2400 पिक्सल) इन्फिनिटी–० डिस्प्ले दिइएको छ । यस डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सरको साथमा पेश गरिएको छ । 


    क्याटेगोरी : प्रविधी शैली

    प्रतिक्रिया दिनुहोस