गुगलले भारतमा फेक न्युजको रोक्न दिनेभयो १ मिलियन डलर अनुदान

गलत जानकारीले खतरनाक परिणाम निम्त्याउन सक्छ। गुगलले फेक न्युज (झटो समाचार) रोक्न र विश्वव्यापी मानिसहरूलाई विश्वासनीय, उच्च–गुणवत्ता समाचार र सूचनाहरू सशक्त बनाउन गैर–नाफामुखी संस्था, इन्टरन्युजलाई १ मिलियन डलर अनुदान दिने घोषणा गरेकोछ ।
यो अभियान अन्तर्गत गुगलले भारतमा १० लाख अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ ।
यो रकम वैश्विक गैर मुनाफामा आधारित संगठन इन्टरन्युजलाई दिइनेछ । यो परियोजनाका लागि २ सय ५० पत्रकार, फास्ट चेकर्स, विद्वान र एनजीओ कार्यकर्ताको एक टोली गठन गरी यस्तो काम इन्टरन्युजले गर्नेछ ।
गुगलले समाचरप्रति विश्वभर बुझाइ वृद्धि गराउन १ करोड अमेरिकी डलर खर्च गर्ने घोषणा अन्तर्गत भारतमा यो घोषणा गरेको हो । डिजिटल फर्ममा काम गर्ने न्युज वेबसाइटहरूले झूठो वा फेक न्युज प्रसारण गर्ने गरेको आलोचना बढेपछि गुगलले यो अभियानलाई अगाडि बढाएको हो ।
भारतको सन्दर्भमा वैश्विक र स्थानीय विशेषज्ञको टोलीसँग मिलेर यसका लागि पाठयक्रम तय गरिनेछ । यो सात भाषामा हुनेछ । भारतका गैर मेट्रो शहरमा पुगेर इन्टरनेटको उपोग गर्ने उपभोक्तालाई तालिम दिइनेछ । यसबाट उपभोक्ताले जानकारी सही हो वा गलत हो त्यसको जानकारी प्राप्त हुनेछ । भारतमा यसका लागि १५ हजार भारतीय पत्रकारहरूलाई तालिम दिइसकिएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस