गुगलले भारतमा फेक न्युजको रोक्न दिनेभयो १ मिलियन डलर अनुदान
गलत जानकारीले खतरनाक परिणाम निम्त्याउन सक्छ। गुगलले फेक न्युज (झटो समाचार) रोक्न र विश्वव्यापी मानिसहरूलाई विश्वासनीय, उच्च–गुणवत्ता समाचार र सूचनाहरू सशक्त बनाउन गैर–नाफामुखी संस्था, इन्टरन्युजलाई १ मिलियन डलर अनुदान दिने घोषणा गरेकोछ ।
यो अभियान अन्तर्गत गुगलले भारतमा १० लाख अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ ।
यो रकम वैश्विक गैर मुनाफामा आधारित संगठन इन्टरन्युजलाई दिइनेछ । यो परियोजनाका लागि २ सय ५० पत्रकार, फास्ट चेकर्स, विद्वान र एनजीओ कार्यकर्ताको एक टोली गठन गरी यस्तो काम इन्टरन्युजले गर्नेछ ।
गुगलले समाचरप्रति विश्वभर बुझाइ वृद्धि गराउन १ करोड अमेरिकी डलर खर्च गर्ने घोषणा अन्तर्गत भारतमा यो घोषणा गरेको हो । डिजिटल फर्ममा काम गर्ने न्युज वेबसाइटहरूले झूठो वा फेक न्युज प्रसारण गर्ने गरेको आलोचना बढेपछि गुगलले यो अभियानलाई अगाडि बढाएको हो ।
भारतको सन्दर्भमा वैश्विक र स्थानीय विशेषज्ञको टोलीसँग मिलेर यसका लागि पाठयक्रम तय गरिनेछ । यो सात भाषामा हुनेछ । भारतका गैर मेट्रो शहरमा पुगेर इन्टरनेटको उपोग गर्ने उपभोक्तालाई तालिम दिइनेछ । यसबाट उपभोक्ताले जानकारी सही हो वा गलत हो त्यसको जानकारी प्राप्त हुनेछ । भारतमा यसका लागि १५ हजार भारतीय पत्रकारहरूलाई तालिम दिइसकिएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस