सदस्य आवद्धताको ४७ वर्ष पछि बेलायत इयूबाट बाहिरियाे
बेलायतले सदस्य आवद्धताको ४७ वर्ष पछि इयूबाट बाहिरिएको छ । करिव साढे तीन बर्षको प्रकृया पश्चात बेलायत इयूबाट बाहिरिएको हो । युरोपेली संघबाट बाहिरिएलगत्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अब नयाँ बिहानी आउने सन्देश ब्यक्त गरेका छन ।
‘अब देशलाई एक ढिक्का बनाएर अघि बढाउनु छ,’ भिडियो सन्देशमा उनले भनेको छन यो अन्त्य हैन अब सुरुवात हो ।’
बेलायत इयूबाट औपचारिक रुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ ।
सङ्घको सदस्यता त्यागे पनि धेरैजसो कानून अहिलेकै कायम रहने भएकाले बेलायतमा इयूबाट भएको बहिर्गमनको तत्कालै प्रभाव भने नदेखिने बीबीसीले जनाएको छ ।
सङ्घबाट अलग हुने कि नहुने भन्नेबारेमा बेलायतमा राजनीतिक खटपट चलिरहेको थियो। यसबारेमा गरिएको जनमत सङ्ग्रहमा बेलायती नागरिकरले सङ्घबाट अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए ।
इयूबाट अलग हुने प्रतिबद्धतामा गएको डिसेम्बर महिनामा भएको आमचुनावमा हाउस अफ कमन्सका ८० सदस्यको बहुमत पाएका थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस