• जीवनशैली | Jiwanshaili
  • सुरु भयो मनाङमा हुम्दे दोस्रो आइस क्लाइम्बिङ


    मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित हुम्देमा गत मङ्गलबारदेखि दोस्रो आइस क्लाम्बिङ महोत्सव सुरु । नेपाल आइस क्लाम्बिङ टीम र नेपाल पर्वतारोहण सङ्घ एनएमएको आयोजनामा महोत्सव सुरु भएको हो ।

    मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित हुम्देमा गत मङ्गलबारदेखि दोस्रो आइस क्लाम्बिङ महोत्सव सुरु भएको छ। नेपाल पर्वतारोहण संघ एनएमए र नेपाल आइस क्लाम्बिङ टीमको आयोजनामा महोत्सव सुरु भएको हो ।

    गत वर्ष यही ठाउँमा पहिलो आइस क्लाइम्बिङ महोत्सव भएको थियो। यस बर्ष महोत्सवका क्रममा स्की खेल पनि प्रदर्शन गरिने भएको छ।

    महोत्सवमा दुई विदेशीसहित ४० जना सहभागी छन्। गत वर्ष २० जना क्लाइम्बरको सहभागिता रहेको थियो।

    नेपालको पर्यटन क्षेत्रलाई विश्वसामू चिनाउने मुख्य आधार माउन्टेनियरिङ नै भएकोले यसको विकास र विस्तारमा सबै मिलेर जानु पर्ने एनएमएका महासचिव कुलबहादुर गुरुङले बताए।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस