यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा
संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ । ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो । कासिम अल–रिमी अरबी प्रायद्वीपमा आतंकवादी संगठनको नेता हुन् । “राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंकवाद विरोधी अभियान चलाएको र यसमा अरबी प्रायद्वीपका संस्थापक र अल कायदाका नेता कासिम अल–रिमीलाई सफलतापूर्वक पराजित गरेको छ ।” विज्ञप्तिमा भनिएको छ । उनी अल–कायकाको अन्तर्राष्ट्रिय संगठनका सहायक नेता थिए । अमेरिकी अधिकारीको दाबी अनुसार रिमीले यमनमा आम नागरिकहरू विरुद्ध अपराध गरेका थिए र संयुक्त राज्य अमेरिकाका सेनाहरूमाथि कैयौँ आक्रमण गरेका थिए । “रिमीको नेतृत्वमा अल कायदाको अरबी समूहले यमनमा नागरिकहरूमाथि जघन्य हिंसाका थुप्रै घटनाहरू भएका छन् । उसले संयुक्त राज्य अमेरिका र अमेरिकी सेनाबिरूद्ध धेरै आक्रमणका लागि विभिन्न समूहलाई प्रयोग गरेको थियो,” विज्ञप्तिमा भनिएको छ । ह्वाइट हाउसले भनेको छ, “वाशिङगटन, अमेरिकी नागरिक र यसका सहयोगीहरूको हितको रक्षा गरिरहनेछ ।” “अल–रिमीको मृत्युको परिणामस्वरूप अमेरिका, हाम्रो हित, र हाम्रा सहयोगीहरू सुरक्षित बनेका छन् । हामी अमेरिकी जनतालाई बचाउने अभियान जारी राख्नेछौं ।” –––
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस