कजाकस्तान भिडन्त: आठ जनाको मृत्यु

नुरसुल्तान, कजाकस्तान, – मध्य एसियाई मुलुक कजाकस्तानको दक्षिणको एक गाउँमा शुक्रबार भएको भिडन्तमा आठ जनाको मृत्यु हुनुका साथै एक दर्जन घाइते भएका छन् ।
कजाकस्तानका गृह मन्त्री यार्लान टुर्गुमबायेभले प्रहरी र सेनाको हस्तक्षेपका कारण स्थिति नियन्त्रणमा आइसकेको बताउनुभयो । उक्त भिडन्त स्थानीय गाउँलेहरुबीच भएको थियो ।
उक्त द्वन्द्व मुख्य रुपमा कजाख समुदाय र अल्पसंख्यक डुन्गानबीच भएको थियो । स्थानीय युवा हातहातमा लाठी र अरु घरेलु हतियार लिएर एकअर्का विरुद्ध उत्रिएको सामाजिक सञ्जालमा तस्वीरहरु राखिएका छन् ।
उक्त घटना हुनुको मुख्य कारणबारे भने स्पष्ट हुन सकेको छैन । कजाकस्तानमा एक सयभन्दा बढी जातजाति रहेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस