कजाकस्तान भिडन्त: आठ जनाको मृत्यु
नुरसुल्तान, कजाकस्तान, – मध्य एसियाई मुलुक कजाकस्तानको दक्षिणको एक गाउँमा शुक्रबार भएको भिडन्तमा आठ जनाको मृत्यु हुनुका साथै एक दर्जन घाइते भएका छन् ।
कजाकस्तानका गृह मन्त्री यार्लान टुर्गुमबायेभले प्रहरी र सेनाको हस्तक्षेपका कारण स्थिति नियन्त्रणमा आइसकेको बताउनुभयो । उक्त भिडन्त स्थानीय गाउँलेहरुबीच भएको थियो ।
उक्त द्वन्द्व मुख्य रुपमा कजाख समुदाय र अल्पसंख्यक डुन्गानबीच भएको थियो । स्थानीय युवा हातहातमा लाठी र अरु घरेलु हतियार लिएर एकअर्का विरुद्ध उत्रिएको सामाजिक सञ्जालमा तस्वीरहरु राखिएका छन् ।
उक्त घटना हुनुको मुख्य कारणबारे भने स्पष्ट हुन सकेको छैन । कजाकस्तानमा एक सयभन्दा बढी जातजाति रहेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस