थाई सैनिकको अन्धाधुन्ध गोली आक्रमणमा १७ सर्वसाधारणको मृत्यु

थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन् । आक्रमणकारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलहरूमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको बताइएको छ । घटनामा १७ जनाको मृत्यु भएको थाई प्रहरीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । प्राप्त जानकारीमा आक्रमणकारी भनिएका ती सैनिकले गाली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्वीर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ । —
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस