नाइजेरियामा ‘लासा’ ज्वरोबाट कम्तीमा ७० को मृत्यु
नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले यो ज्वरोबाट ज्यान जानेको सङ्ख्या थप बढ्न सक्ने जनाएको छ । यहाँ उक्त ज्वरोको प्रकोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ ।
यस ज्वरोबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएका व्यक्तिको सङ्ख्या ४७२ जना रहेको छ । यसबाट यहाँको जनघनत्व बढी भएको यस अफ्रिकन देश नाइजेरियामा धेरै नागरिक प्रभावित भएको पाइएको समाचारमा जनाइएको छ ।
यस ज्वरोबाट देशका ३६ मध्येका कम्तीमा पनि २३ वटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको अधिकारीलेहरुले जानकारी दिएका छन् । देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका जनाइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस