पर्यटन प्रवर्धन गर्न महोत्सव
पर्यटन प्रवर्धन, नेपाली खानालाई प्रोत्साहन र स्थानीय क्षेत्रमै उत्पादित कृषि उपजको प्रदर्शनी गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकामा बृहत अर्जुनधारा नगर महोत्सव हुने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यही फागुन ४ देखि १५ गतेसम्म सो महोत्सव हुने भएको हो । महोत्सव अवधिभर यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नगरपालिकाभित्रका पर्यटकीय क्षेत्र शहीदपार्क, अर्जुनधारा जलेश्वरधाम, सहकाले झरना आदिको भ्रमण गराइने नगरप्रमुख हरिकुमार रानाले बताउनुभयो ।
नगरका ११ वडामा गोबरजाँच, पशु बन्ध्याकरण, कृत्रिम गर्भाधान, प्राविधिक परामर्श, अभिमुखीकरण, बाली उपचार, कृषि प्रविधिसम्बन्धी ब्रोसर वितरण, माटो परीक्षणलगायत नगरका योजना विषयमा जानकारी गराइनेछ । महोत्सवलाई नगरपालिकाले रु २२ लाख बजेट विनियोजन गरेको छ । ‘सात दिनमा सात प्रदेश’को मूल नारासहित मेचीनगर नगरपालिका वडा नं ४ को बाहुनडाँगी बजारमा बाहुनडाँगी सङ्गीत तथा पर्यटन महोत्सव आयोजना गरिनेछ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी यही फागुन १७ देखि २३ गतेसम्म महोत्सव हुन लागेको हो ।
आयोजक बाहुनडाँगी जेसिज सन् २०१९ का अध्यक्ष कञ्चन उप्रेतीले महोत्सवका अवलोकनकर्तालाई ग्रामीण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजको चिनारी दिन महोत्सव सञ्चालन गर्न लागिएको बताउनुभयो । सात दिनमा सात प्रदेश सरकारका प्रतिनिधिमण्डल पनि महोत्सवको प्रत्यक्ष अवलोकन गर्न आउने जनाइएको छ ।
महोत्सवमा विभिन्न जातीय परिकार, संस्कृति तथा पर्यटन, व्यावसायिक, जनचेतनामूलकलगायत ४० कक्ष रहनेछन् । महोत्सवमा करीब रु २७ लाख खर्च पूर्वानुमान गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस