भाइरसको त्रासमा सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटियो

कोरोनाभाइरस (कोभिड–१९)को सन्त्रास फैलिएको बेला हङ्कङमा सोमवार बिहान एउटा हतियारधारी समूहले १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेका छन्।
भाइरसको डरबाट मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा थुपारेको हुनाले हङ्कङमा अहिले त्यसको चरम अभाव छ। मोङ्कक क्षेत्रको एउटा सुपरमार्केट अगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेका हुन्।
प्रहरीले दुई जनालाई समातेर लुटिएका केही ट्वाइलेट पेपर जफत गरेको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। लुटेराहरूले वेलकम सुपरमार्केटबाहिर गाडीबाट ट्वाइलेट पेपर निकाल्दै गरेका कर्मचारीलाई चक्कु देखाएर तर्साएका थिए।
एउटा सञ्चारमाध्यमका अनुसार ६०० रोल ट्वाइलेट पेपर लुटिएको थियो। हाल हङ्कङका पसलमा ट्वाइलेट पेपर पाउन गाह्रो हुन थालेको र पाइने पसलमा मानिसहरूको ताँती लाग्न थालेको बताइएको छ।
सरकारले ट्वाइलेट पेपरको आपूर्ति सहज भएको दाबी गरेको भए पनि मानिसहरूले अनावश्यक मात्रामा ट्वाइलेट पेपर थुपार्न छोडेका छैनन्। त्यहाँ फेसमास्क र हात धुने स्यानिटाइजरको पनि अभाव देखिएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस