जर्मनीको दुईवटा बारमा गोलीकाण्ड, नौ जनाको मृत्यु

जर्मनी, ८ फागुन / जर्मनको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई बिहीबार बिहान प्रहरीले उनकै घरमा मृत अवस्थामा फेला पारेको छ ।
फ्रान्कफर्टबाट करिब २० किलोमिटरको दूरीमा रहेको हनाउ शहरका “मिडनाइड” र “एरेना” नाम गरेका दुई वटा बारमा गोली प्रहार गरिएको थियो । उक्त गोलीकाण्डको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुग्नुका साथै आकाशबाट हेलिकप्टर मार्फत शंकास्पद व्यक्तिको खोजी गरिएको थियो । हेस राज्यका प्रहरी प्रमुखले शंकास्पद व्यक्तिको शव उनको घरबाट बरामद गरिएको जानकारी दिनुभयो । उहाँले घटनामा अरु व्यक्ति संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको बताउनुभयो । पहिलो बारमा मारिएका अधिकांश व्यक्ति कुर्दिस समुदायका रहेको स्थानीय अखबार बिल्डले जनाएको छ ।
गत सोमबार मात्र प्रहरीले जर्मनीको अति दक्षिणपन्थी समूहका १२ जना सदस्यलाई पक्राउ गरेको थियो । उनीहरुले गत वर्ष न्यूजील्यान्डमा भएझै मुस्लिम समुदायको मस्जिदमा ठूलै आक्रमण गर्ने योजना बनाइरहेको प्रहरीको भनाई छ । जर्मन–टर्किस इस्लामिक संगठन (डिटिब) ले जर्मनीमा रहेका करिब ९०० मस्जिद र मुस्लिम समुदायको सुरक्षाका लागि आह्वान गरेको छ । डिटिबले पछिल्ला वर्षहरुमा मुस्लिम समुदायले जर्मनीमा असुरक्षा महशुस गरिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस