भारतले गर्दै हजारौं टन सुन उत्खननको तयारी, सुन भण्डारमा दोस्रो स्थानमा उक्लने
भारत उत्तर प्रदेशको सोनभद्रको जमीनमा हजारौँ टन सुन रहेको पत्ता लागेकोछ । भारतले सुन उत्खननको तयारी गरिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको हो ।
विगत पन्ध्र वर्षमा जियोलजिकल सर्वे अफ इण्डिया(जीएसआई) ले त्यस क्षेत्रमा निरन्तर काम गरिरहेको थियो । अहिले आएर उत्तर प्रदेश सरकारले उत्खनन प्रक्रिया सुरु गर्नको लागि ई–टेन्डर सुरु गरेको छ । भारतको जीएसआईले सन् २००५ मा उत्तर प्रदेशको सोनभद्रमा सुन रहेको संकेत पाएको थियो र सन् २०१२ मा त्यहाँ सुन रहेको पुष्टि भएको होे ।
जीएसआईको अध्ययनमा सोनभद्रको सोन पहाडमा झण्डै तीन हजार टन सुन र हरदी ब्लकमा झण्डै ६ सय किलो सुनको भण्डार देखिएको छ ।
तर तिनको उत्खननमा हालसम्म कुनै ठोस काम भएको थिएन हाल आएर ब्लक टेन्डरको लागि प्रशासनले सात सदस्यीय टिमको गठन गरेको छ ।
‘ २२ फेब्रुअरी २०२०सम्म टिमले आफ्नो रिपोर्ट भूतत्व एवं खनिजकर्म निर्देशनलायलाई सुम्पिनेछ ,’ सोनभद्रका उत्खनन अधिकारी केके रायले बताए ।
सोनभद्रको अन्य क्षेत्रमा पनि सुन रहेको अनुमान छ । त्यसैले अहिले त्यस क्षेत्रको ठूलो भूभागमा हेलिकप्टरबाट सर्वेक्षण गरिँदैछ ।
सर्वेक्षणका लागि विद्युतचुम्बकीय उपकरण स्पेक्ट्रोमिटर उपकरणको प्रयोग गरिँदैछ ।
यी उपकरणसडित हेलिकप्टरको जमिनभन्दा केही सय मिटरको उचाइमा उठाइन्छ ।
सोनभद्रमा हाल अनुमान गरिएको सुन निकाल्न सकिएमा भारत सुन उत्पादनको हिसाबमा अमेरिकापछि दोस्रो स्थानमा आउनेछ ।
विश्व सुन परिषद्का अनुसार अमेरिकासँग ८१३३ टन सुन भण्डार छ । अहिले, अमेरिकापछि दोस्रो ठूलो सुन भण्डार जर्मनीसँग छ । जर्मनीसँग ३३६६ टन सुन छ ।
जर्मनीपछि ठूलो सुन भण्डार हुने देश वा सस्था क्रमशः अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)(२४५१ टन), इटाली(२४५१ टन), फ्रान्स(३४६१ टन), छैटौं रुस(२२१९ टन), चीन(१०४० टन) हुन् । त्यसैले गरी सानो देश भए पनि स्वीट्जरल्याण्डसँग विश्वको आठौं ठूलो सुन भण्डार छ । स्वीट्जरल्याण्डमा १०४० टन सुन छ । ठूलो सुन भण्डारको (याङ्किङमा नवौं स्थानमा रहेको जापानसँग ७६५ टन सुन छ ।
भारत हाल सुन भण्डारको हिसाबमा दशौं स्थानमा छ। भारतमा ६१८ टन सुन छ । तर सोनभद्रको सुन उत्पादन सुरु भएपछि भारत दोस्रो स्थानमा उक्लने समाचारमा जनाइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस