मेची पर्यटन महोत्सव : बजारभित्रै भेडीगोठ र चौँरी प्रदर्शनी

ताप्लेजुङमा जारी पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवअन्र्तगत आज फुङलिङ बजारमा भेडीगोठ र चौँरी प्रर्दशन गरिएको छ । करिब ४०० भेडाको बथान फुङलिङ बजारभित्रै प्रदर्शनका लागि डुलाइएको थियो । प्राय उच्च क्षेत्रका जङ्गलमा मात्रै देख्न पाइने भेडाको बथान बजार क्षेत्रमा नै देख्न पाउँदा महोत्सवमा आएका पर्यटक तथा अवलोकनकर्ताहरु निकै आकर्षित थिए । जिल्लाको फावाखोलामा रहेको हर्कटे पशुपालन तथा भेडाबाख्रा फार्मले प्रर्दशनीका लागि भेडीगोठ बजारमा ल्याएको हो । पाथीभरादेवीको उत्पत्तिसम्बन्धी किंवदन्ती भेडासँग जोडिएकाले र पछिल्लो समयमा भेडीगोठ लोप हुँदै गएकाले पनि भेडीगोठ प्रर्दशनी राखिएको महोत्सव आयोजकले जनाएको छ । भेडासँगै चौँरीसमेत प्रदर्शनका लागि ल्याइएको थियो । दुई वटा चौँरीलाई भेडीगोठमा समावेश गरी प्रदर्शन गरिएको हो ।
शुक्रबारदेखि जारी महोत्सवमा विभिन्न जातीय परिकार र स्थानीय कृषि उत्पादनका कक्षहरु राखिएको छ । यस्तै हेलिकप्टरमार्फत जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणसमेत भइरहेको छ । महोत्सवमा अन्तर्राष्ट्रिय पाथीभरा म्याराथन दौड, मेयरकप भलिबल प्रतियोगिता, बुद्धिचाल प्रतियोगितालगायतका खेलकुद प्रतियोगिता आयोजना भएका छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित कलाकारको प्रस्तुतिसमेत भइरहेका छन् । यस्तै स्थानीय जातजाति विशेष सांस्कृतिक कार्यक्रमलाई समेत महोत्सवमा अवलोकन गर्न पाइन्छ । ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन विकास गर्ने उद्देश्यले आयोजित महोत्सवमा फागुन १३ गते सकिनेछ । –––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस