इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको मृत्यु

इजिप्टमा ३० वर्षसम्म शासन चलाएका पूर्व राष्ट्रपति होस्नी मुबारकको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।९१ वर्षका मुबारक कैयौं हप्तादेखि अस्पतालमा थिए । उनलाई आईसीयूमा राखिएको उनका वकिल फरीद अल–दीबले बताएका थिए ।उनको आन्द्रामा गरिएको शल्यक्रियामा जटिलता आएको समेत बताइएको थियो । सन् २०११ मा भएको अरब क्रान्तिमा मुबारकलाई सत्ताच्युत गरिएको थियो ।
मुबारकलाई आधुनिक फारोआह भन्ने नाम दिइएको थियो र उनले सन् १९८१ देखि तीन दशकसम्म निरंकुश शासन चलाएका थिए । अरब क्रान्तिपछि उनलाई वर्षौंसम्म कारागारमा राखिएको थियो । क्रान्तिका बेलामा सरकारविरोधी प्रदर्शनकारीको हत्या गरेको आरोपमा उनलाई आजीवन कारावासको सजाय दिइएको थियो । तर अधिकांश अभियोगमा सफाइ दिएर उनलाई सन् २०१७ मा कारागारमुक्त गरिएको थियो ।
देशका चौथा राष्ट्रपति बन्नुअघि उनले बम्बर पाइलटका रूपमा इजिप्टको वायुसेनामा काम गरेका थिए । सन् १९७३ मा भएको अरब–इजरायल युद्धमा उनी कमान्डर थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस