इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको मृत्यु
इजिप्टमा ३० वर्षसम्म शासन चलाएका पूर्व राष्ट्रपति होस्नी मुबारकको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।९१ वर्षका मुबारक कैयौं हप्तादेखि अस्पतालमा थिए । उनलाई आईसीयूमा राखिएको उनका वकिल फरीद अल–दीबले बताएका थिए ।उनको आन्द्रामा गरिएको शल्यक्रियामा जटिलता आएको समेत बताइएको थियो । सन् २०११ मा भएको अरब क्रान्तिमा मुबारकलाई सत्ताच्युत गरिएको थियो ।
मुबारकलाई आधुनिक फारोआह भन्ने नाम दिइएको थियो र उनले सन् १९८१ देखि तीन दशकसम्म निरंकुश शासन चलाएका थिए । अरब क्रान्तिपछि उनलाई वर्षौंसम्म कारागारमा राखिएको थियो । क्रान्तिका बेलामा सरकारविरोधी प्रदर्शनकारीको हत्या गरेको आरोपमा उनलाई आजीवन कारावासको सजाय दिइएको थियो । तर अधिकांश अभियोगमा सफाइ दिएर उनलाई सन् २०१७ मा कारागारमुक्त गरिएको थियो ।
देशका चौथा राष्ट्रपति बन्नुअघि उनले बम्बर पाइलटका रूपमा इजिप्टको वायुसेनामा काम गरेका थिए । सन् १९७३ मा भएको अरब–इजरायल युद्धमा उनी कमान्डर थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस