बालबालिकाको डर भगाउने ‘हेडसेट’

बालबालिकाको डर कम गर्न अस्पतालमा भर्चूअल रियालिटी हेडसेटको व्यवस्था गरिएको छ । अस्पतालमा उपचार गर्न जाँदा डराउने बालबालिकाको कानमा यो हेडसेट लगाइन्छ । उपचारअघि हेडसेट लगाएर सात मिनेटको फिल्म देखाइन्छ । भर्चूअल संसारमा बिरामीको उपचार गर्ने चिकित्सक यसमा खरायोको फिल्म देखाइन्छ ।
दुबईको सबैभन्दा लामो अरब स्वास्थ्य प्रदशर्नीमा पेश यो हेडसेटको प्रयोग गर्नुको मुख्य उद्देश्य बच्चामा अस्पताल प्रतिको डरलाई कम गर्नु हो ।
बालबालिकाको मनमा अस्पताल प्रति डर बसेको हुन्छ त्यसकारण प्राय बच्चा अस्पताल जान मान्दैनन् । अस्पतालका औषधि र सुईसँग तर्सिन्छन् । यस्तो अवस्थामा चिकित्स उपचार गर्न गाह्रो भएको बताउँछन् । तर यो हेडसेटले नर्सहरुलाई रगत निकाल्न र सुई लगाउन सहज भएको छ ।
बालबालिकाको लागि सबैभन्दा बढी तनाव र डर कुन अवस्थामा हुन्छ र कुन प्रक्रियाले उक्त तनाव कम गर्छ भन्ने विषयमा लस एन्जल्स चिल्ड्रेन अस्पतालमा गरिएको छलफलबाट बच्चाको डर कार्टुनले कम गराउने निष्कर्ष चिकित्सकहरुले निकालेका थिए ।
यसअघि सुत्केरी व्यथा कम गर्नका निम्ति महिलाहरुका लागि भर्चुअल रियालिटी उपकरणको परीक्षण गरिएको थियो । लस एन्जेल्स, सिर्डस सिनाई अस्पतालमा गरिएको सर्वेक्षणमा ५७ प्रतिशत महिलाले व्यथाको दुखाई महसुस नभएको बताएका थिए । एजेन्सी
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस