अमेरिकामाअन्धाधुन्ध गोली चल्याे ६ जनाको मृत्यु

अमेरिकामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको ज्यान लिएका छन्। घटनामा बन्धुकधारी पनि मारिएको अमेरिकी अधिकारीले जनाएका छन्। अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीस्थित मोल्सोन कुर्स ब्रेविङ कम्पनी क्याम्पसमा गोली चल्दा पाँच जनाको मृत्यु भए हो। घटनामा मिल्वाकीका स्थानीय बन्दुकधारीको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एक हजार भन्दा बढी कामदार रहेकाे उक्त कम्पनीमा काम गरिरहेको अवस्थामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएको मिल्वाकी प्रहरी प्रमुख अल्फोन्सो मोराल्सले जनाएका छन्। मृतकहरु सबै कम्पनीका कर्मचारी नै हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृतकका परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस