नाइजेरियामा सिपाहीले आफ्नै चार सहकर्मीको हत्या गरी आत्महत्या

लेगोस, १५ फागुन– नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ ।
सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताउनुभयो । उक्त घटनाका बारेमा सेनाले छानबिन शुरु गरेको पनि प्रवक्ता मुसाले बताउनुभयो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस