नाइजेरियामा सिपाहीले आफ्नै चार सहकर्मीको हत्या गरी आत्महत्या
लेगोस, १५ फागुन– नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ ।
सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताउनुभयो । उक्त घटनाका बारेमा सेनाले छानबिन शुरु गरेको पनि प्रवक्ता मुसाले बताउनुभयो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस