दृष्टिविहीनलाई बाटो देखाउने सुटकेस
एजेन्सी- विश्व प्रविधिको विकासमा दिनानुदिन अघि बढिरहेको छ । नौलो र आश्चर्य वस्तुको निर्माण हुने क्रम द्रुत गतिमा छ । यस्तैमा, दृष्टिविहीनका लागि उपयोगी हुने सुटकेस बनाइएको छ । आईबीएम टेक नामक कम्पनीले अन्य चार कम्पनीसँग मिलेर एक कृत्रिम खुफिया प्रविधिमा आधारित प्रोटोटाइप सुटकेस निर्माण गरेको छ । उक्त सुटकेसले दृष्टिविहीनलाई मार्गदर्शन दिने र आत्मनिर्भर बनाउने कम्पनीको दावी छ ।
यसैगरि, यो सुटकेस बनाउन अल्पाइन, मिस्तुबिशी, ओमरोन र शीमिजु लगाएत कम्पनीले सहयोग गरेका छन् । सो सुटकेसले दृष्टिविहीनलाई बाटो देखाउने र यसमा जडित क्यामेरा तथा सेन्सरले बाटोमा आउन सक्ने अवरोधको बारेमा पनि सचेत गर्छ । यो सुटकेसले बोलेर तथा यसको हेन्डलमा रहेको भाइब्रेसन दिँदै मार्गदर्शन गर्दछ । यसरी प्रयोगकर्ताले सजिलै बाटोमा रहेका पसल पत्ता लगाउन सक्छन् ।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस