दृष्टिविहीनलाई बाटो देखाउने सुटकेस

एजेन्सी- विश्व प्रविधिको विकासमा दिनानुदिन अघि बढिरहेको छ । नौलो र आश्चर्य वस्तुको निर्माण हुने क्रम द्रुत गतिमा छ । यस्तैमा, दृष्टिविहीनका लागि उपयोगी हुने सुटकेस बनाइएको छ । आईबीएम टेक नामक कम्पनीले अन्य चार कम्पनीसँग मिलेर एक कृत्रिम खुफिया प्रविधिमा आधारित प्रोटोटाइप सुटकेस निर्माण गरेको छ । उक्त सुटकेसले दृष्टिविहीनलाई मार्गदर्शन दिने र आत्मनिर्भर बनाउने कम्पनीको दावी छ ।
यसैगरि, यो सुटकेस बनाउन अल्पाइन, मिस्तुबिशी, ओमरोन र शीमिजु लगाएत कम्पनीले सहयोग गरेका छन् । सो सुटकेसले दृष्टिविहीनलाई बाटो देखाउने र यसमा जडित क्यामेरा तथा सेन्सरले बाटोमा आउन सक्ने अवरोधको बारेमा पनि सचेत गर्छ । यो सुटकेसले बोलेर तथा यसको हेन्डलमा रहेको भाइब्रेसन दिँदै मार्गदर्शन गर्दछ । यसरी प्रयोगकर्ताले सजिलै बाटोमा रहेका पसल पत्ता लगाउन सक्छन् ।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस