यसरी राख्नुहोस् छोराछोरीको मोबाइलबाटै उनीहरुमा निगरानी
एजेन्सी- प्रायः विद्यालयमा केटाकेटीहरुलाई मोबाइल फोन लैजान प्रतिबन्ध लगाइन्छ । उनीहरु विद्यालय गए नगएको थाहा पाउन आमाबुवालाई सम्भव हुँदैन । तर अब विद्यालयमा केटाकेटीले फोन लैजानुलाई प्रशासनले फाइदा हुने गरेको बताएको छ । यसको सबैभन्दा ठूलो फाइदा भनेको विद्यार्थीहरुमा ट्र्याकिङको सहायताले निगरानी राख्नु ।
अमेरिकाले विद्यार्थीमा निगरानी गर्न विद्यालयहरुमा स्क्यानर लगाएको छ । इनडोर डाटा ट्र्याकिङ कम्पनी इनपिक्सनका सिइओ नादिर अलीले अमेरिकाका १० वटा स्कूलहरुमा रेडियो फ्रिक्वयन्सी स्क्यानर लगाइएको जुन वाई-फाई र ब्लूटुथ सिग्नलको मद्दतबाट विद्यार्थीहरुकै फोन ट्र्याक गरेर महत्वपूर्ण जानकारी हासिल गर्न सक्ने बताए । यो ट्र्याकर द्रुत गतिमा फोनलाई ब्लूटूथ र वाई-फाई सिग्नल ट्र्याक गरेर डाटा लिने गर्दछ ।
यहाँसम्म कि जब तपाई आफ्नो फोनमा कुराकानी नगरिरहेको अवस्थामा समेत यसले तपाईको ब्लूटूथ र वाई-फाई चालू भएको बेला अन्य उपकरणबाट कनेक्ट गर्नको लागि प्रोबिंग सिग्नल पठाइरहन्छ । यो सिग्नल मिडीया एक्सेस कन्ट्रोल वा मैक एड्रेसका साथ आउने गर्दछ । जुन तपाईको डिभाइसका लागि सेकेन्डरी हो ।
अब हरेक गतिविधिमा राखिन्छ नजर
इनपिक्सन जस्ता कम्पनीहरुले मान्छेहरु र तिनीहरुको हरेक गतिविधिहरुलाई ट्र्याक गर्नका लागि यो डाटाको प्रयोग गर्दछन । यसमा जो ट्रेक भइरहेको हुन्छ उसलाई यसबारे कुनै जानकारी हुँदैन इनपिक्सनको रेडियो फ्रीक्वयन्सी स्क्यानर ब्लूटूथ, वाई-फाई र सेल्युलर सिग्नल लिने गर्दछ । यो मात्र फोनबाट सिग्नल लिइरहेको हुँदैन, यसले तपाईले लगाएको स्मार्टवॉच, टैबलेट, हेडफोन र प्रिन्टरबाट पनि सिग्नलको पत्ता लगाउँछ ।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस