चीनमा नयाँ इन्टरनेट सेन्सर नियम
एजेन्सी- चीनले नयाँ इन्टरनेट सेन्सरसिप नियम लागू गरेको छ। सो अनुसार ‘अनलाइन सूचना सामग्री वातावरण बनाउन सकारात्मक सामग्रीलाई प्रश्रय दिइनेछ भने नकारात्मक वा गैरकानुनी सामग्रीलाई हटाइनेछ।
सोमबार ‘अनलाइन समाचार वातावरण शासन’ नामक ह्यासट्याग चिनियाँ सामाजिक सञ्जाल वीबोमा ३० लाखभन्दा बढी पटक हेरिएको छ।
केही वर्षयता इन्टरनेटमा सामग्री सेन्सर गर्ने वा प्रतिबन्ध गर्ने क्रम चलिरहेको छ। पृथक लैङ्गिक पहिचानदेखि महिलावादी सामग्रीलाई नियमको ‘उल्लङ्घन’ भनी हटाइएको थियो।
अद्यापि कुन सामग्री ‘नकारात्मक’ हो भनेर व्याख्या गरिएको भने पाइदैन। सनसनीपूर्ण हेडलाइन, अत्यधिक सेलिब्रिटि गसिप वा यौन क्रियालाई ‘नकारात्मक’ भनिएको छ। तर अत्यधिकको व्याख्या अस्पष्ट नै रहेको छ। वीबोका प्रयोगकर्ताहरूले भने यसरी नियमको सार्थकताप्रति शङ्का व्यक्त गरेका छन्।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस