ब्रिटेनमा घरेलु हिंसा पीडितलाई ट्रेन यात्रा फ्रि, पैसा नभएर यातना सहन बाध्य
एजेन्सी- ब्रिटेनका अधिकांश महिलाहरुले घरेलु हिंसाको सामना गरिरहनु परेको छ। उनीहरु आर्थिक रुपले कमजोर भएका कारण यातना सहनु परेको सुनाउँछन्। घरेलु हिंसाको शिकार बनेका महिलाहरुलाई ब्रिटेनको ग्रेट वेस्टर्न रेलवेमा फ्रिमा टिकट दिने घोषणा भएको छ। ताकि उनीहरुलाई आउने जाने र जागिर खोज्न मुश्किलहरुको सामना गर्नु नपराेस्। यसका कार्यकारी सीईओ एडिना क्लेयर भन्छिन्, ‘यो यिनीहरुको ठूलो संकटमा सानो सहयोग हो।’
३० प्रतिशत महिला घरेलु हिंसाको शिकार
यूएन वुमनको रिपोर्ट अनुसार विश्वभरमा करीब ३० प्रतिशत महिलाहरु घरेलु हिंसाको शिकार भएका छन्। अमेरिका र यूरोपमा अप्रैल/दिसंबरको बीचमा घरेलु हिंसाका कारण घरबाट निकालिदिएको र २ प्रतिशत महिलालाई मात्र शेल्टर या अन्य सहयोग मिल्यो। एउटा सर्वेमा घरेलु हिंसाको शिकार दुई तिहाई महिलाले भने कि श्रीमानले पैसाको दममा उनीहरुलाई नियन्त्रण गरेका थिए।
घरेलु हिंसाबाट ब्रिटेनलाई ६.१३ करोडको नोकसान
कमनवेल्थको रिपोर्ट अनुसार घरेलु हिंसाका कारण ब्रिटेनलाई ६.१३ करोडको नोकसान हुन्छ। बच्चाहरुको रेखदेख, पुलिस, कोर्टले काममा जान नपाउँदा नोकसान हुने गरेको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस