तालिवानी आक्रमणमा परी सात सर्वसाधारण मारिए
२४ फागुन: तालिवान लडाकूहरुले गरेको आक्रमणमा परी शुक्रबार सातजनाको मृत्यु भएको छ । हेरात प्रान्तको कुशक रुबत साङ्गी जिल्लामा घटना भएको जिल्ला गभर्नर लालमोहम्मद ओमरजाइले शनिबार जानकारी दिनुभयो ।
शुक्रबार अबेर आक्रमण भएको बताइएको छ । आक्रमणकारी आक्रमणपछि भागेका थिए । आक्रमणमा परी मृत्यु भएकाहरुमध्ये एकजना शिक्षक पनि रहेको हेरात प्रान्तीय सरकारका प्रवक्ता जिलानी फरहादले सिन्ह्वालाई जानकारी दिनुभयो ।
घटनाका बारेमा तालिवान लडाकुहरुका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस