श्रीलङ्कामा प्रचण्ड खडेरीका कारण तीन लाख व्यक्ति प्रभावित
श्रीलङ्कामा प्रचण्ड खडेरीका कारण करिब तीन लाख व्यक्तिको दैनिकी निकै कठिन बनेको राष्ट्रिय विपत व्यवस्थापन केन्द्रले मङ्गलबार जानकारी गराएको छ । श्रीलङ्काको मौसम विज्ञान महाशाखाले आगामी केही हप्तासम्म पानी पर्ने सम्भावना नदेखिएको बताएको छ ।
अधिकारीहरूले दिएको जानकारीमा यहाँको पश्चिमी प्रान्तका करिब ५३ हजार परिवारमा जारी खडेरीको प्रभाव परेको र यसका कारण यहाँ खाने पानीको समेत अभाव भएको उल्लेख छ । खडेरीको प्रभाव पशिच्मी प्रान्तबाहेक मध्य दक्षिणी क्षेत्रका उच्च पहाडी भेक कान्डी र रतनपुरा तथा उत्तरपश्चिमी पुट्टालम राज्यमा पनि परेको बताइएको छ । महाशाखाले आगामी केही हप्तासम्म श्रीलङ्काका पश्चिमी, उत्तरपश्चिमी र दक्षिणी प्रान्तहरूका ११ जिल्लामा निकै सुख्खा तथा अत्यधिक गर्मी मौसम रहने जनाएको छ ।
श्रीलङ्काका कतिपय स्थानमा आगामी केही दिनमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमामन महाशाखाले गरेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस