रकेट आक्रमणमा परी तीन विदेशी सैनिक मारिए
२९ फागुन : इरानमा रहेको एक सैनिक शिवीरमा बुधवार भएको भयावह रकेट आक्रमणमा परी दुई अमेरिकी र एक बेलायती सैनिक मारिएका अमेरिकी अधिकारीले जानकारी दिएका छन् ।
बुधवार साँझ बग्दादको उत्तरमा रहेको ताजी हवाइ शिवीरमा सो आक्रमण भएको थियो । यस शिवीरमा अमेरिकी नेतृत्वको गठबन्धनका सैनिकहरूले स्थानीय फौजलाई जिहादीहरूसित युद्ध गर्न मद्दत र्पुयाइरहेका छन् । अमेरिकी नेतृत्वको यस गठबन्धनद्वारा प्रकाशित विज्ञप्तिमा तीन कर्मचारी मारिनुको साथै अन्य १२ जना घाइते भएका बताइएको छ । एक अमेरिकी अधिकारीले एएफपीलाई भने कि मृतकमा दुई अमेरिकी र एक बेलायती नागरिक रहेका थिए । यो आक्रमणले खतरनाक रुपमा खतरा निम्त्याएको बताइएको छ । यसलगत्तै पूर्वी सिरियामा इरानका सहयोगी इराकी लडाकूहरूलाई अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको र यसमा परी कम्तीमा १८ लडाकू मारिएका सिरियाको युुद्ध निरिक्षण गरिरहेका एक मानव अधिकारबादी समूहले जनाएको छ ।
इराकी सेनाले भने कि रकेट एक ट्रकको पछाडिबाट चलाइएको, तर यसले कुनै हताहत भएको टिप्पणी गरेको छैन। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र बेलायती विदेश मन्त्री डोमिनिक राबबीच भएको टेलिफोन वार्तामा उक्त रकेट हमलाको निन्दा गर्नु भएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस