उत्तरी अफगानिस्तानमा विस्फोट ८ को मृत्यु २२ घाइते

७ चैत : अफगानिस्तानको उत्तरी प्रान्त तखारमा विस्फोटक पदार्थ विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार जानकारी दिएनु भएको छ । मारिएका व्यक्तिहरुमा दुई सर्वसाधारण र ६ तालिबानी लडाकू रहेका छन् ।
प्रान्तीय राजधानी तालुकानको बाहिरी इलाकामा स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० बजे सो विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल खालिलले सिन्हवा समाचार समितिलाई जानकारी दिनु भएको छ । व्यस्त सडक इलाकालाई लक्ष्य गर्दै तालिबानी लडाकू समूहले सो विस्फोटक पदार्थ बोकेर हिडेका जनाइएको छ । उक्त विस्फोटमा परी घाइते भएका दश सर्वसाधारणमा केही बालबालिका समेत रहेका समाचारमा जनाइएको छ ।
अफगानिस्तानका तालिबान लडाकू समूहले सुरक्षाबललाई लक्ष्य गर्दै घरमा निर्माण गरिएका बमलगायत अन्य विष्फोटक पदार्थहरू विस्फोटन गराउदै आएका छन् ।
यस्ता आक्रमणहरुबाट बारम्बार सर्वसाधारणलाई हानी पु¥याउँदै आएको पाइन्छ । गत वर्ष भएका विस्फोटक पदार्थ विस्फोटमा परी ८ सय भन्दा बढी नागरिक मारिनुको साथै २ हजार ३३० घाइते भएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस