अफगानिस्तान भिडन्तमा २८ जनाको मृत्यु
कुन्दुज, ९ चैत / अफगानिस्तानमा आइतबार भएको झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना सुरक्षाकर्मी र २४ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।
देशको उत्तरी कुन्दुज प्रान्तमा भएको घटनामा परी अरु २६ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छन् । प्रवक्ता इश्मातुल्लाह मुरादीले सिन्ह्वालाई बताए अनुसार तालिबान लडाकूले सुरक्षाचौकीमा आक्रमण गरेका थिए ।
देशको कुन्दुजसँग जोडिएको छिमेकी प्रान्त बाघलान र ताखामा पनि भिडन्तका घटना धेरै हुने गरेका छन् । गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र तालिबान लडाकू समूहबीच शान्ति सम्झौता भए पनि अफगानिस्तानमा हिंसात्मक घटना रोकिएका छैनन् । खासगरी अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका पाँच हजार लडाकूलाई बिनाशर्त मुक्त गर्न अफगान राष्ट्रपति अस्रफ घानी सहमत नभए पछि पुनः हिंसात्मक झडप जारी रहेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस