अफगानिस्तान भिडन्तमा २८ जनाको मृत्यु

कुन्दुज, ९ चैत / अफगानिस्तानमा आइतबार भएको झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना सुरक्षाकर्मी र २४ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।
देशको उत्तरी कुन्दुज प्रान्तमा भएको घटनामा परी अरु २६ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छन् । प्रवक्ता इश्मातुल्लाह मुरादीले सिन्ह्वालाई बताए अनुसार तालिबान लडाकूले सुरक्षाचौकीमा आक्रमण गरेका थिए ।
देशको कुन्दुजसँग जोडिएको छिमेकी प्रान्त बाघलान र ताखामा पनि भिडन्तका घटना धेरै हुने गरेका छन् । गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र तालिबान लडाकू समूहबीच शान्ति सम्झौता भए पनि अफगानिस्तानमा हिंसात्मक घटना रोकिएका छैनन् । खासगरी अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका पाँच हजार लडाकूलाई बिनाशर्त मुक्त गर्न अफगान राष्ट्रपति अस्रफ घानी सहमत नभए पछि पुनः हिंसात्मक झडप जारी रहेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस