कोरोनासँगै भूकम्पको कहरः एक सय ४० वर्ष पूरानो भवन भत्किए
चैत्र १०, २०७६। सोमबार
कोरोनाको संक्रमणसँगै भूकम्प जाँदा क्रोएशियाको राजधानी जाग्रेबमा ठूला ठूला भवनहरु क्षतिग्रस्त भएका छन् ।
५ दशमलव ३ म्याग्निच्यूटको भूकम्पका कारण एक सय ४० वर्ष पूरानो ऐतिहासिक शहरको भवनहरु क्षतिग्रस्त भएका छन् ।
भूकम्पले संसद भवनसहित विभिन्न सरकारी कार्यालयहरु पनि क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ ।
भूकम्पमा परेर केही व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
गृहमन्त्री डब्बोर बजिनोभिकले भूकम्पका कारण घर छाडेकाहरुलाई पुनः फर्किन आग्रह गरेका छन् ।
कोरोनाको महामारी फैलिएका कारण घरमै बस्न उनीहरुलाई आग्रह गरिएको हो । अधिकांश घरहरु क्षतिग्रस्त भएकाले सर्वसाधारण भने घर बाहिर बसेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस