कोरोनासँगै भूकम्पको कहरः एक सय ४० वर्ष पूरानो भवन भत्किए

चैत्र १०, २०७६। सोमबार
कोरोनाको संक्रमणसँगै भूकम्प जाँदा क्रोएशियाको राजधानी जाग्रेबमा ठूला ठूला भवनहरु क्षतिग्रस्त भएका छन् ।
५ दशमलव ३ म्याग्निच्यूटको भूकम्पका कारण एक सय ४० वर्ष पूरानो ऐतिहासिक शहरको भवनहरु क्षतिग्रस्त भएका छन् ।
भूकम्पले संसद भवनसहित विभिन्न सरकारी कार्यालयहरु पनि क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ ।
भूकम्पमा परेर केही व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
गृहमन्त्री डब्बोर बजिनोभिकले भूकम्पका कारण घर छाडेकाहरुलाई पुनः फर्किन आग्रह गरेका छन् ।
कोरोनाको महामारी फैलिएका कारण घरमै बस्न उनीहरुलाई आग्रह गरिएको हो । अधिकांश घरहरु क्षतिग्रस्त भएकाले सर्वसाधारण भने घर बाहिर बसेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस