दिल्ली सरकारद्वारा ३२८ राहत केन्द्र स्थापना
२१-चैत्र, २०७६ । शुक्रवार ।
भारतको राजधानी नयाँ दिल्लीमा ३२८ वटा राहत केन्द्र स्थापना गरिएको छ ।नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले ५७ हजार मानिसलाई पुग्नेगरी राहत केन्द्र स्थापना गरिएको शुक्रवार जानकारी दिनुभयो ।
विद्युतीय माध्यममार्फत गरिएको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दिल्ली सरकारले ५७ हजार मानिसलाई पुग्नेगरी ३२८ वटा राहत केन्द्र तयार पारेको छ ।”
उहाँका अनुसार लकडाउनका कारण अफ्टयारोमा परेकाको लागि ति राहत केन्द्रहरु स्थापना गरिएको हो ।
“राहत केन्द्रमा जो सुकै पनि आएर बस्न सक्छन्, उनीहरूलाई हामीले हेरचाह गर्नेछौ” उहाँले भन्नुभयो ।
नयाँ दिल्ली राज्यमा शुक्रवारसम्म ३८४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिदै उहाँले तिमध्ये ९१ जना पछिल्लो २४ घण्टामा थपिएको बताउनुभयो ।
उहाँका अनुसार नयाँ दिल्लीमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ ।
देशभरी शुक्रवारसम्म दुई हजार ३०० भन्दा बढि सङ्क्रमित भएकोमा १५६ जना निको भएर घर फर्केका छन् । देशभरी कोरोना कारण मृत्यु हुनेको संख्या ५६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस