यमनमा चार पत्रकारलाई मृत्युदण्डको फैसला

यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दवाउन यमनमा सन् २०१५ देखि तैनाथ साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ ।
पत्रकारहरू अब्देल खालेक अमरान, अकराम अल वालिदी, हारेथ हमिद र तफिक अल मन्सुरीलाई ‘देशद्रोह’ र ‘जासूसी’ गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको उनीहरूका वकीललाई उद्धृत गरी अरब न्यूजले उल्लेख गरेको छ ।
यमनी हुथी समूहले आफ्नो ‘सत्रु’सँग सहकार्य गरेको आरोप लगाइएका १० पत्रकारमध्ये मृत्युदण्डको सजाय सुनाइएका चार पत्रकारहरू कारबाहीको अग्र सूचीमा रहेका थिए । तर बाँकी ६ जनालाई पनि सोही आरोपमा जेल सजाय तोकिएको र सजाय पूरा भएपछि रिहा हुनसक्ने फैसलामा उल्लेख गरिएको सबै पत्रकारको तर्फबाट बहसमा सहयोग गरेका वकीलहरूको समूहले बताएको छ । उनीहरूमाथि ‘भ्रामक समाचार’ लेखेर साउदी गठबन्धन सरकारलाई सघाएको अभियोग पनि लगाइएको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूह एम्नेस्टिी इन्रनेशनलले गत वर्ष पत्रकारहरू माथि लगाइएको आरोप झुटो भएको बताएको थियो । एम्नेस्टी इन्टरनेशनलले विद्रोहीले थुनामा राखेका पत्रकारलाई कब्जामा लिएपछि पिट्ने, आवश्यक पिउने पानीसम्म नदिने र काठका ठूलाठूला मूढा उठाएर घण्टौँ उभिन लगाउनेजस्ता कठोर यातना दिनेगरेको बताएको थियो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस