निर्दयी एक आमाले मध्यरातमा ५ बच्चाहरूलाई गङ्गामा फालिदिइन्
भारतमा एक आमाले ममतालाई लत्याई तीन छोरीसहित पाँच जना बच्चाहरूलाई गङ्गामा फ्याँकिदिएकी छिन्। घटना भारतको उत्तर प्रदेश राज्यमा रहेको गोपीगंज जहारीबादको हो । जहाँ एक आमाले शनिवार मध्य रातमा आफ्ना पाँच बालबालिकालाई गङ्गा नदीमा फ्यालेको स्वीकार गरेकी छिन् ।
जस मध्ये छोरीहरू १२ वर्षीय वन्दना , १० वर्षीय रञ्जना देवी र ६ वर्षीय पूजा तथा छोराहरू ८ वर्षीय शिव शंकर, र ३ बर्षियसन्दीप कुमार लाई गङ्गा घाट लगेर फालिदिएकी थिइन।
घटना पछि, उनी राती घर आइन र सुतिन्। बिहान उनले आफ्नी बुहारीलाई घटनाको बारेमा जानकारी दिएकी थिइन् ।बच्चाको खोजीमा स्थानीय गोताखोरहरू परिचालन गरीएकाे छ । हाल सम्म गङ्गामाबाट जेठी छोरी वन्दनाको मात्र शव भेटाएका छन् बाँकी बच्चाहरूको लागि खोजी भइरहेको प्रहरीले बताएको छ। उनका पति मृदुल यादव उर्फ मुन्ना यादव केही कामका लागि बाहिर गएका बेला यो घटना भएको बताइएको छ ।महिलालाई हिरासतमा लिएको छ। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस