अफगान सरकारद्वारा ३६१ तालिबान बन्दी रिहा
काबुल, १ वैशाख/ अफगानिस्तान सरकारले पछिल्लो पटक १६१ जना तालिबानी बन्दीहरुलाई कैदमुक्त गरेको अफगान सरकारका एक प्रवक्ताले बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जाविद फैजलले राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको जानकारी दिनुभयो ।
उहाँले राष्ट्रपतिको आदेशबाट अरु कैदीबन्दी पनि रिहाई हुने क्रममा रहेको बताउनुभयो । प्रवक्ता फैजलले मुलुकको शान्ति प्रक्रियालाई थप विश्वसनीय बनाउने प्रयत्न स्वरुप सरकारका तर्फबाट गरिएको एक कार्य रहेको बताउनुभयो ।
यसअघि अप्रिल ८ मा १०० जना तथा गत बिहीबार अरु १०० जना तालिबानी कैदीबन्दीलाई मुक्त गरिएको थियो । सरकारले आगामी दुई साताभित्रै एक हजार ५०० तालिबान लडाकूलाई जेलमुक्त गर्ने जनाएको छ ।
अमेरिका र तालिबानबीच भएको सम्झौतामा ५ हजार तालिबान लडाकू र तालिबानको कब्जामा रहेका १ हजार अफगान सरकारी फौजलाई मुक्त गर्ने सहमति भएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस