उत्तरपूर्वी नाइजेरियामा जातीय हिंसामा २५ जनाको मृत्यु
अबुजा, ३ वैशाख / अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत सोमबार स्थानीय शोमो र जोली जातीय समूहका व्यक्तिहरुबीच भएको भिडन्तमा झण्डै १०० वटा घरमा क्षति पुगेको छ ।
ताराबाको लाउ नाम गरेको गाउँमा यी दुई प्रमुख जातिको बसोबास रहेको छ र उनीहरुको मुख्य पेशा माछा मार्ने हो । ताराबाका प्रहरी प्रवक्ता डेभिड मिसालले दुबै पक्षबीच भएको हिंसात्मक झडपका बारेमा अनुसन्धान थालिएको बताउनुभयो । दुबै समुदायबीचको उक्त हिंसाको मुख्य कारण भने थाहा भइसकेको छैन ।
स्थानीयबासीका अनुसार दुई समुदायबीच माछा पोखरीको स्वामित्वका विषयमा लामो समयदेखि विवाद हुँदै आइरहेको छ । यही कारण बेलाबेला हुने झडपका कारण मानिसको मृत्यु हुने गरेको छ ।
सन् १९९० को दशकमा राज्य सरकारले विवादित माछा पोखरीमा माछा मार्न दुबै समुदायमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध सन् १९९९ मा हटाइएको थियो तर त्यसयता दुबै समुदायबीच अझ बढी हिंसात्मक झडप हुन थालेका छन् ।
हिंसात्मक झडप भएको स्थानमा सशस्त्र प्रहरी खटाइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस