• जीवनशैली | Jiwanshaili
  • कोरोनाभाइरस सङ्क्रमण भएकी एक गर्भवती नर्सको मृत्यु,बच्चा जीवितै निकालियाे


    बेलायतमा कोरोनाभाइरस सङ्क्रमण भएकी एक गर्भवती नर्सको मृत्यु भएको छ । उनको गर्भबाट बच्चालाई शल्यक्रिया गरेर जीवितै निकालिएको छ।

    न्याश्नल हेल्थ सर्भिस एनएचएसले सञ्चालन गरेको लूटनस्थित एउटा अस्पतालमा कार्यरत २८ वर्षीया मेरी आग्येईवा आग्यापोङको गत आइतवार मृत्यु भएको थियो।उक्त अस्पतालका एक प्रवक्ताले नवजात शिशु राम्रो स्थितिमा भएको जनाएका छन्। तर उनले शिशुको विषयमा थप जानकारी दिएनन्।

    दुई दिनअघि उनलाई कोभिड-१९ भएको पुष्टि भएपछि आग्यापोङलाई एप्रिल ७ मा अस्पताल भर्ना गरिएको थियो।बेड्फर्डशर हस्पिटल्स फाउन्डेशन ट्रस्टका प्रमुख कार्यकारी डेभिड कार्टरले आग्यापोङको कामको प्रशंसा गर्दै उनको मृत्युमा दुस्ख व्यक्त गरेका छन्।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार