अमेरिकामा लकडाउनविरुद्ध बन्दुक बोकेरै प्रदर्शन

अमेरिकामा लकडाउनविरुद्ध बन्दुक बोकेरै प्रदर्शन गरिएको छ । त्यस्तो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन गरिदिएका छन् ।
मिसिगन, ओहायो, नर्थ क्यारोलाइना, मिनेसोटा, उटा, भर्जिनिया र केन्टुकीमा लकडाउनविरुद्ध प्रदर्शन गरिएको हो । ति राज्यहरुमा डेमोक्रेटको शासन रहेको प्रदर्शनमा राष्ट्रपति ट्रम्पका समर्थक उत्रिएका हुन् ।
ट्रम्पले नै यस्तो प्रदर्शनको समर्थन गर्दा सडकमा भीड बढेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन राज्यहरुले घरमै बस्न गरिएको लकडाउनको उनीहरुले उल्लंघन गरेका हुन् ।
प्रदर्शनकारीको समर्थन गर्दै ट्रम्पले ट्वीटमा लकडाउन खुकुलो पार्न माग गरेका छन् । उनले मिनेसोटा, मिसिगन तथा भर्जिनियामा लकडाउन खुकुलो पार्न भनेका हुन् ।
लकडाउनले आर्थिक गतिविधि ठप्प हुँदा नागरिक समस्यामा पारेको प्रदर्शनकारीको भनाइ छ । स्वास्थ्य अधिकारीले भने लकडाउन हटाए वा खुकुलो पारेमा संक्रमण थप फैलिने चेतावनी दिएका छन् ।
ट्रम्पले आफ्नो ट्वीटमा डेमोक्रेट राज्यको मात्र उल्लेख गरेको र प्रदर्शन नै भएको ओहायो र उटालाई भने उल्लेख नगर्नुले पनि यसलाई राजनीतिक रंग दिन खोजिएको आशंका हुँदैछ । उता, विस्कनसिन, ओरिगन, मेरिल्याण्ड, आइडाहो र टेक्सासमा पनि प्रदर्शनको तयारी भएको जनाइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस