क्यानडामा भयानक गाेली काण्ड, १३ काे मृत्यु
क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा एकजना बन्दुकधारीले गोली हानेर १३ जनाको हत्या गरेको छ । प्रहरीको पोशाक लगाएको ती आक्रमणकारी पनि प्रहरीको कारबाहीमा मारिएका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिज ट्रुडोले यस घटनालाई ‘भयानक’ भनेका छन् । यसैगरी नोवा स्कोटियाका प्रिमियम स्टिफन म्याकलिनले यो प्रान्तकै इतिहासमा सबैभन्दा दुःखद घटनामध्ये एक हो भनेका छन् ।
नोवा स्कोटियाको ग्रामिण शहर पोर्टापिकमा बन्दुकधारी शनिबार राति घुसेको सूचना पाएपछि प्रहरीले पहिले नै त्यहाँका बासिन्दालाई घरबाट बाहिर ननिस्किन भनिएको थियो । प्रहरीबाट भाग्दै, लुक्दै ती बन्दुकधारीले आइतबार धेरै स्थानमा गोली हानेर १३ जनाको ज्यान लिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । १२ घण्टाको प्रयासपछि प्रहरीको गोलीबाट ती बन्दुकधारी पनि मारिएका थिए ।
नोवा स्कोटिया प्रहरीले ट्वीट गरेर आक्रमणकारी ५१ वर्षीय गेब्रियल वार्टम्यान रहेको जनाएको छ । उनले प्रहरीको जस्तै देखिने गाडी प्रयोग गरेका थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस