नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ४७ जना मारिए

उत्तरपश्चिम नाइजेरियाको कटासिनामा बन्दुकधारीको आक्रमणमा ४७ जना मारिएका छन् ।
हतियारधारी लुटेराहरुको समूहले ग्रामीण क्षेत्रमा लुटपाट मच्चाउने क्रममा सर्वसाधारणको हत्या गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
गत वर्ष पनि उत्तर पश्चिम नाइजेरियामा बन्दुकधारी लुटेराहरुको आक्रमणका कारण सयौं सर्वसाधारणको हत्या भएको थियो ।
हतियारधारी समूहहरुका कारण सबैभन्दा बढी जनसंख्या भएका अफ्रिकन मुलुकहरुमा सुरक्षा चुनौती थपिएको अधिकारीहरुले बताएका छन् ।
साम्प्रदायिक हिंसा रोक्न भएका प्रयासहरु पर्याप्त नभएको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।
राष्ट्रपति मुहम्मद बुहारीले विज्ञप्ती निकालेर हतियारधारीले निर्दोष नागरिकको हत्या गरेको पुष्टि गरेका छन् ।
उनले दोषीहरुमाथि कानुनी कारवाही गर्ने प्रतिवद्धतासमेत जनाएका छन्(
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस